राजनीति

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका निम्ति समितिले दियो राय




काठमाडौँ, २५ वैशाख । गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयनका निम्ति राय दिएको छ ।

प्रतिवेदन अध्ययन गरेर समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सोमबार राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतलाई प्रहरी नियमावली, २०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्नुपर्ने समितिले राय दिएको छ । समितिले आयोगको प्रतिवेदन अध्ययन गरेपछि उक्त राय दिएको हो ।