राजनीति

पार्टी फुटाउने हल्ला सुनियोजित : झलनाथ खनाल



काठमाडौँ, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको भन्दै खण्डन गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन् ।