अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २७ वैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।