राजनीति

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : अशोक राई



काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अदालत जान चुनौती दिएका छन् ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको पार्टी कानुनसम्मत रूपमा दर्ता भएको जिकिर गरे । “अदालतको ढोका सबैको लागि खुला छ । निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले असंवैधानिक भए दर्ता गर्दैन थियो नि,” उनले भने, “उहाँहरू अदालत जान सक्नुहुन्छ । कानुनसम्मत दर्ता भएको पार्टीलाई अन्यथा हुने कुरा छैन ।”

जसपा, नेपालका अध्यक्ष यादवले बुधबार (हिजो) पत्रकार सम्मेलन गर्दै असंवैधानिक रूपमा पार्टी दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने बताएका थिए ।