राजनीति

अध्यक्ष ओलीद्वारा सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन



काठमाडौँ, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् ।

आज बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

शुक्रबारदेखि सुरु हुने संसद बैठकपछि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै ओलीले सरकारको उक्त नीति तथा कार्यक्रममाथि पार्टीको सचेत र लिडिङ भूमिका हुनुपर्ने बताए ।  ‘नीति तथा कार्यक्रममाथि हाम्रो सचेत र लिडिङ भूमिका हुनुपर्छ’, ओलीले भने । 

पार्टी विकासका अभियानलाई अघि बढाउने पक्षमा रहेको भन्दै सामाजिक न्यायको पक्षमा पनि रहेको बताए । यही नीतिलाई केन्द्रमा राखेर संसदमा प्रस्तुत हुनुपर्ने धारणा राख्दै ओलीले समग्र पक्ष देशको हितमा हुनेगरी एमाले अघि बढ्ने धारणा राखे ।