राजनीति

कोशी प्रदेशसभाको अधिवेशन आह्वान



काठमाडौँ, २८ वैशाख । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ ।

 प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।