समाचार

काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने



काठमाडौँ, २ जेठ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको छ । जसले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ । 

प्राधिकरणले जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।