Banner News

प्रतिनिधि सभा बैठक २ बजेका लागि सर्‍यो



काठमाडौँ, ६ जेठ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान  ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । 

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।