Banner News

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ



काठमाडौँ, ८ जेठ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि  जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो  ।