राजनीति

विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर



काठमाडौँ, ९ जेठ । विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध बुधबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।

गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो मागसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसअघि नै झुटा विवरण र हानी नोक्सानीसम्बन्धी मुद्दा दायर भएको थियो । उनीविरुद्ध अब तीन मुद्दा परेको विशेष अदालतले जनाएको छ । मंगलबार मात्रै पौडेललाई अर्को मुद्दामा विशेष अदालतले भ्रष्टाचारी ठहर गरी दुई वर्ष कैद सजाय सुनाएको थियो ।