अर्थ

दुई खर्बको पेट्रोलियम पदार्थ आयात



काठमाडौँ, १२ जेठ । १० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात भएको हो ।

गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी हो । बजारमा विद्युुतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ । यस्तै ५६ अर्ब ८० करोड रुपियाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ ।

यस्तै ४६ अर्ब ९८ लाख रुपियाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।