समाचार

मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १२ जेठ । कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आज बिहान कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
  
तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको हो । मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् । 

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि  मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।