समाचार

नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु 



काठमाडौँ, १३ जेठ । मुग्लिङ–नारायणगढ सडकखण्डमा नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुलनजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एकजनाको मृत्यु भएको हो । 

मृतकको परिचय खुलेको छैन । ढुंगाले निर्माण कम्पनीको मेसिनमा क्षति पुगेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।