अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ जेठ । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल स्थिर रहदै प्रतितोला एक लाख ३६ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।