राजनीति

एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर निर्वाचित



काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसीलाई चयन गरिएको छ ।