अर्थ

जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्यो : शेखर कोइराला



काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारीमा राखेको जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बनेको बताएका छन् ।

आज नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आयोजना गरेको ‘नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उनले सहकारी पीडित जनताको समस्यालाई कांग्रेसले संसद् र सडकबाट उठाएको बताए ।

उनले भने, कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए ।  ‘संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ ।   

छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई कोइरालाको आग्रह छ । उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए ।