Banner News

बालुवाटारमा प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन



काठमाडौँ, १४ जेठ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने र बिहानको छलफल कुनै टुंगोमा नपुगेको एक नेताले जानकारी दिए ।

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने र बिहानको छलफल कुनै टुंगोमा नपुगेको एक नेताले जानकारी दिए ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, महेश बर्तौला सहभागी थिए । नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरू बैठकमा सहभागी थिए ।