राजनीति

नेपालमा आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या धेरै



काठमाडौँ, १४ जेठ । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएकाे हाे ।

सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि  ५ सम्म ) मा महिला शिक्षकको सङ्ख्या ५४ दशमलव १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७९ मा यो सङ्ख्या ४७ दशमलव २ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यमिक तह (कक्षा (९ देखि  १२ सम्म ) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । यो तहमा १९ प्रतिशतमात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।