काठमाडौँ, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।
मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् । कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन् ।
त्यसैगरी सभापति देउवाले भोलि बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्