राजनीति

कार्यदलको बैठक बस्दै



काठमाडौँ, १५ जेठ । सहकारीको बचत अपचलन छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ । हिजो ‘सहमति नजिक पुगेको’ भनिएको कार्यदलको बैठक आज पुनः बस्ने भएको हो । 

बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकले कार्यादेशमा ठोष सहमति गर्ने कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले दाबी गरेका छन् ।