काठमाडौँ, १५ जेठ । ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बल्खुबाट धोबिघाटतर्फ जाँदै गरेको बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङको मृत्यु भएको जनाएको छ ।
सो मोटरसाइकलको पछाडि सवार २६ वर्षीय सञ्जय घिसिङ घाइते छन् । उनको सानेपाको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्