समाचार

आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेजको घोषणा



काठमाडौँ, १५ जेठ ।  सरकारले आलु, प्याज, स्याउलगायत तरकारी तथा फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरेको छ ।

आज आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, मदिरा, वियर र सूर्तीमा लगाइएको अन्तशुल्क दरमा वृद्धि गरिएको जानकारी दिए ।