Banner News

गृहमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीश पोखरेलको इजलासमा



काठमाडौँ, १६ जेठ ।  गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा  रहेको छ। 

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको  छ।