राजनीति

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ, १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो ।  

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।  अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत  धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए ।