Banner News

अमेरिकीद्वारा सन्दीप भिसा दिन पुनः अस्वीकार



काठमाडौँ, १७ जेठ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ ।

आज दोस्रोपटक अन्तर्वार्ताका लागि पुगे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दुर्गाराज पाठकले बताए । 

यसअघि सन्दीप जेठ ९ गते पहिलोपटक भिसाका लागि दूतावासमा अन्तर्वार्ताका लागि पुगेका थिए । तर, उनको प्रयास असफल भएको थियो । पहिलोपटकको प्रयास असफल भएपछि परराष्ट्र मन्त्रालयको अनुरोधपछि पुनः अन्तर्वार्ताका लागि सन्दीप दूतावास पुगेका थिए ।