राजनीति

भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्न आवश्यक: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताएकी छन् ।

नेपालमा मातृभाषामा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्न भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् ।  

उनले भनिन्, “मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्छ”, ।