मनोरञ्जन

निर्देशक सुदर्शन थापा पक्राउ



काठमाडौँ, २१ जेठ । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् ।

काठमाडौँको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।