राजनीति

राष्ट्रियसभा बैठकमा बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री  



काठमाडौँ, २२ जेठ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ ।  

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । आजकै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

बैठकमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।