राजनीति

खेलकुद मन्त्रालयद्वारा देशभर विश्वकपको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन आग्रह



काठमाडौँ, २२ जेठ । युवा तथा खेलकुद मन्त्रालयले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको खेल भएको दिन आ–आफ्नो स्थानीय तहमा उक्त खेलको प्रत्यक्ष प्रसारण गरी नेपाली खेलाडी र खेल प्रेमीको हौसला बढाउन देशभरका स्थानीय निकायसँग आग्रह गरेको छ ।

मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै यस्तो अनुरोध गरेको हो ।

टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल मंगलबार राति नेदरल्यान्डससँग खेल्दै छ । उक्त खेल राति २१ः१५ बजे सुरु हुनेछ ।