Banner News

भारतीय प्रधानमन्त्री मोदी विजयी



काठमाडौँ, २२ जेठ । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । 

उत्तर प्रदेशको वाराणसीबाट उनी मंगलबार तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराएका छन् ।

अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो । यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन् ।

सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।अघिल्लो निर्वाचनमा कांग्रेसका रायले एक लाख ५२ हजार ५४८ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा भने उनले चार लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन् ।

यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले हराएका छन् ।