राजनीति

राष्ट्रपतिद्वारा शीतल निवासमा पलाँसको बिरुवा राेपेर बृक्षाराेपरण



काठमाडौँ, २३ जेठ ।  विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पाैडैलले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरेका छन् । 

उक्त दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षाराेपरण गरेका थिए । 

कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिव्ररुपमा  हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको पनि उल्लेख गरे । 

उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रासजस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य : भूमि पुनस्र्थापना,  मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे ।