Banner News

रास्वपाको प्रश्न ओलीलाई महिला उन्मुक्तिको राजनीति के का लागि थियो ?



काठमाण्डौ, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सांसद शिशिर खनालले महिला र वर्गीय उन्मुक्तिको राजनीति केका लागि थियो भनेर सत्तारूढ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग बिहे गरेको भनेर होच्याइने प्रवृत्ति रहेको पनि बताए।

‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए। आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन्। भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन्। नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन्। उद्यममार्फत् रोजगारी सिर्जना गरिन्। राजनीतिमा आइन् र मन्त्री बनिन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ।

उनले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर ओलीलाई लक्षित गर्दै प्रश्न गरेका छन् । ‘के सबै महिलापुरुष बराबर हो भनेर होइन र ?