Banner News

यो सरकार पाँचै वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

आज पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताएका हुन् ।

उनले भने, ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’

प्रधानमन्त्री प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । 

प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।’