समाचार

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी



काठमाडौँ, २४ जेठ । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका हो ।

जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, छोरा ३८ वर्षीय घनश्याम, उनका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल घाइते भएका हुन् ।

अहिले उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भुजेल परिवारले आज बिहान जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।