समाचार

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ



काठमाडौँ, २४ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बाट एक जना भारतीय नागरिक अवैध लागु औषध खैरो हेरोइनसहित बुधबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार पक्राउ पर्नेमा बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा साहेवजानलाई टुँडिखेल बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो ।