राजनीति

ब्रह्मायणी र अपरलाई उत्पादन अनुमति



काठमाडौँ, २५ जेठ । विद्युत् विकास विभागले सिन्धुपाल्चोकको बिकट बस्ती जुगल हिमाल नजिकै बन्न लागेको ५२ मेगावाटका दुई आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ ।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड छ । विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाटको ब्रह्मायणी र १५.१५ मेगावाटको अपर ब्रम्हायणीलाई उत्पादन लाइसेन्स दिएको हो ।

ब्रह्मायणी हाइड्रो कम्पनी र इन्टिग्रेटेड हाइड्रो फन्डले जुगल गाउँपालिकाको तेम्बाथान क्षेत्रमा निर्माण गर्ने उक्त दुई आयोजनामा ब्रह्मायणी खोलाको पानी प्रयोग गरेर बिजुली उत्पादन गरिनेछ । दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । ०८४ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको ब्रह्मायणीको सुरुङ करिब ६ किमि र अपर ब्रह्मायणीको १.४ किमि हुने दूरीको हुने बताइएको छ । अपरको पानी ब्रह्मायणीमा प्रवेश गराएर निर्माण गरिने आयोजानका लागि अर्डिट मार्ग, क्याम्प, बंकरलगायत संरचना बनिसकेका छन् ।