राजनीति

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित



काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्  ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्  ।

पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका छन्  ।