राजनीति

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश



काठमाडौँ, २७ जेठ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् ।

बंगलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै नेपालमा न्यायपालिकाको पाँचवर्षे रणनीतिक  योजना तयारी भइरहेको जानकारी बताए । संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।