समाचार

डुबेर एक जनाको मृत्यु



काठमाडौँ, २७ जेठ ।  राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४  बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर सनबहादुर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको हो ।


पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।