राजनीति

निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय



काठमाडौँ, २९ जेठ । काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबारको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार)लाई पेसी तोकिएको थियो । कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।