समाचार

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ



काठमाडौँ, २९ जेठ । पाल्पामा१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई पक्राउ गरेको हो । 

पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले सोमबार साँझ पक्राउ गररेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।