गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस–डिएमपिए–एस.सी” बजारमा

काठमाडौँ, १२ पौष । परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस–डिएमपिए–एस.सी” बजारमा ल्याएको छ । यस अघि सिन्धुली र नवलपरासी जिल्लामा परिक्षण गरी ललितपुर,कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको उक्त साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ,उपत्यका शाखा, जडिबुट्टीबाट पनि प्रदान गरिने सङ्घले जनाएको छ । परिवार नियोजनको साधन सायना…