राजनीति

मिर्गौला स्वस्थ राख्न अध्यक्ष ओलीका यस्ता छन् सुझाव



काठमाडौँ, १ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विश्व मिर्गौला दिवसको अवसरमा मिर्गौला स्वस्थ राख्नलार्य सुझाव दिनुभएको छ ।

उहाँले यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका केही सुझाव दिनुभएको हो। दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं । मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !’