रुखको हाँगाले लागेर एकको मृत्यु

काठमाडौँ, १२ वैशाख । काठमाडौँको चोभारमा रुखको हाँगाले लागेर एक वृद्धको मृत्यु भएको छ । बुधबार साँझ रुख काट्ने क्रममा हाँगाले लागेर स्थानीय ६५ वर्षीय बेखालाल महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै बारीमा रहेका काइयोको रुख काट्ने क्रममा हाँगाले लागेर घाइते भएका महर्जनको उपचारको क्रममा नख्खु स्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको जनाइएको छ…