खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय

काठमाडौँ, २९ वैशाख । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए,…