दुई समुहबीच छुरी हानाहान : एक जनाको मृत्यु

ललितपुर, २१ बैशाख । ललितपुरको सानेपामा केटीको विषयमा दुई समुहबीच छुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने अन्सल शाक्यको मृत्यु भएको छ । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।