डेरी सङ्घद्वारा दूध आयातमा लगाइएको प्रतिबन्धको स्वागत

झापा, १२ फागुन । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । सङ्घले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने…