काठमाडौँ, २६ पौष । मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई ‘क्रिसमस डे’मा धर्मप्रचार नभइ रमाइलो मात्रै गरेको बताएकी छिन । मिस नेपाल खतिवडाले चेपाङ गाउँका बच्चाहरुसग क्रिसमस टोपी लगाएको तस्बीरले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै धेरैले आलोचना गरेका थिए । श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् । उनले त्यस गाउँमा पुगी ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री वितरण…