लुम्बिनी प्रदेशमा मन्त्री थप्न दबाब

बुटवल, १० वैशाख । लुम्बिनीमा प्रदेशमा विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री जोखबहादुर महरालाई सकस परिरहेको बेला दलहरू अझै मन्त्री थप्न दबाब दिइरहेका छन् । लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्री छन् । वैशाख ६ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरूले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाउन नसकेका हुन् । कृषि मन्त्रालयको जिम्मेवारी पाएका जसपाका…