काठमाडौँ, ११ चैत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको बताए । उनले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि…